NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

गोरखमाको बूढीगण्डकीमा बाढी: जलविद्युत् आयोजनामा ठूलो क्षति

नेपालट्युब

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बिहान करिब साढे ५  बजे चुम्चेतस्थित उग्युलुङ खोला र स्यार खोला क्षेत्रमा आएको बाढी तथा पहिरोले बूढीगण्डकी नदी केहीबेर थुनिएको जानकारी आएको थियो।

सोही कारण नदीमा जम्मा भएको पानी एक्कासि खुल्दा ठूलो बाढी आएको उहाँले बताउनुभयो।

बाढीले सल्लेरी, घट्टेखोला, जगत र सिर्दिबासलगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ।

बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थल र क्याम्प पूरै बगाएको छ।

यस्तै मिश्रले बाढीबाट अहिलेसम्म मानवीय क्षति नभएको जानकारी आएको बताउनुभयो। अन्य विवरण भने आउन बाँकी रहेको उहाँको भनाइ छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार