NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

Nepaltube Australia

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गर्नुभएको छ।

गृहमन्त्री गुरूङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्नुभएको हो।

बैठकमा नेपालका तर्फबाट सहभागी हुँदै उनले क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, साइबर सुरक्षा, आतङ्कवाद नियन्त्रण तथा विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्यका विषयमा नेपालको धारणा र प्राथमिकता प्रस्तुत गर्ने कार्यतालिका छ।

बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहने बैठकमा साझा सुरक्षा चुनौतीको सामना गर्न आपसी सहकार्य सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार