गलौंदी खण्डमा थप मर्मत गर्न आज राति ११ बजेदेखि पृथ्वी राजमार्ग बन्द हुने

त्रिशूली नदीको कटानका कारण सडक भासिएको धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्न आज रातिदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिनेछ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले सडकको थप मर्मतसम्भार गर्नुपर्ने भएकाले रातिको समयमा सवारी आवागमन बन्द गर्न लागिएको बताउनुभयो।
यसअघि गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सामान्य मर्मत गरेर दुईतर्फी यातायात सञ्चालन गरिएको थियो।
सडकलाई थप मर्मत गर्नुपर्ने भएपछि रातिको समयमा यातायात बन्द गरेर काम गर्न लागिएको प्रशासनले जनाएको छ।
यातायात बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा गर्न प्रशासनले यात्रुलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







