NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

खगेन्द्र सुनारले भन्नुभयो- सार्वजनिक भएको अडिओ एआइबाट बनाइएको

नेपालट्युब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो नाममा सार्वजनिक भएको महिलासँगको अडिओ एआइ प्रयोग गरेर बनाइएको दाबी गर्नुभएको छ।

मंगलबार सामाजिक सञ्जालमा भिडिओ र सन्देश सार्वजनिक गर्दै उहाँले आफूमाथि लागेका आरोप झुटा भएको बताउनुभएको हो।

प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको सुनारको दाबी छ।

सार्वजनिक अडिओमा आफूले कुनै महिलालाई फोनमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएको आरोप लगाइएको छ।

सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य छानबिन गर्न रास्वपा र सरकारलाई आग्रह गर्नुभएको छ।

उहाँले अनुसन्धानमा सहयोग गर्ने पनि बताउनुभएको छ।

यसअघि अडिओ सार्वजनिक भएपछि रास्वपाले केन्द्रीय अनुशासन समितिलाई आन्तरिक छानबिन गर्न निर्देशन दिएको थियो।

पार्टीले छानबिन प्रक्रिया अघि बढेसम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार