अस्ट्रेलियामा सामाजिक सञ्जालको फिड प्रयोगकर्ताले नै नियन्त्रण गर्न पाउने कानुनको मस्यौदा संसदमा

अस्ट्रेलिया सरकारले टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा देखिने सामग्रीको फिड प्रयोगकर्ताले आफ्नो रुचिअनुसार नियन्त्रण गर्न पाउने व्यवस्था गर्न कानुनको मस्यौदा संसदमा पेस गरेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजीले ‘माइ फिड, माइ वे’ अवधारणाअन्तर्गत प्रयोगकर्तालाई आफूले हेर्न चाहेको सामग्री छनोट गर्ने अधिकार दिन प्रस्ताव ल्याइएको बताउनुभएको छ।
प्रस्तावित कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्तालाई फिड नियन्त्रणका विभिन्न १६ वटा विकल्प दिनुपर्नेछ।
नियम उल्लंघन गर्ने कम्पनीलाई एक सय मिलियन अस्ट्रेलियन डलरभन्दा बढी जरिवाना हुन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
सरकारले प्रयोगकर्ताको अधिकार बढाउने उद्देश्य रहेको बताएको छ भने प्रतिपक्षी दलहरूले यसले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै प्रश्न उठाएका छन्।
मस्यौदा संसद आज प्रस्तुत गरिएको मात्रै हो पारित भने भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








