अस्ट्रेलियाको मण्डाबेराबाट बाढीपीडितका लागि १ हजार ३३ अस्ट्रेलियन डलर सहयोग

अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित मण्डाबेरामा आयोजित ब्लुबेरी फेस्टिभलमार्फत संकलित नेपालका बाढीपीडितका लागि १ हजार ३३ अस्ट्रेलियन डलर ६० सेन्ट सहयोग जुटाइएको छ।
ब्रिस्बेनबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको मण्डाबेरामा आयोजित फेस्टिभलमा नेपाली महिलाहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै सहभागिता जनाउनु भएको थियो।
नेपालमा बाढीबाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले उनीहरूले नेपाल सरकारको क्यूआर कोडमार्फत सहयोग संकलन गर्नुका साथै डोनेसन बक्स पनि राख्नुभएको थियो।
आयोजित सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएबापत ६२५ अस्ट्रेलियन डलर र डोनेसन बक्सबाट ४०८ डलर ६० सेन्ट संकलन भएको जनाइएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








