अस्ट्रेलियामा बेरोजगारी दर बढेर पुग्यो ४.७ प्रतिशत
नेपालट्युब

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगारको सङ्ख्या ९ हजारले बढेको छ।यस अवधिमा रोजगारी दर घटेर ६३.६ प्रतिशतमा झरेको
छ भने श्रमशक्तिमा सहभागिता दर ६६.८ प्रतिशत कायम भएको छ। यद्यपि, प्रवृत्तिगत आधारमा भने बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको एबीएसले जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








