प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको योजना

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको बताउनु भएको छ।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ७१औँ प्रहरी दिवस कार्यक्रममा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उहाँहरूका परिवार र सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना बनाइएको बताउनु भएको हो।
उहाँले वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरी, राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेटहरूबीच सहकार्य गरेर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरिएको बताउनुभयो।
प्रधानमन्त्री शाहले कृत्रिम बुद्धिमत्ता (एआई), एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो।
प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार विकासमा सक्षम बनाउन सरकारले नीतिगत मार्गदर्शन, कानुनी सहजता र आधुनिक तालिमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







