NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अमेरिकी डीभी-२०२७ को आवेदन नोभेम्बर १ देखि खुल्ने

नेपालट्युब

अमेरिकाको डाइभर्सिटी भिसा (डीभी)-२०२७ को आवेदन प्रक्रिया नोभेम्बर १ देखि खुल्ने भएको छ।

क्यालिफोर्नियाको संघीय अदालतकी न्यायाधीश जिन्सुक ओहताले अमेरिकी विदेश मन्त्रालयलाई डीभी आवेदन प्रक्रिया अघि बढाउन आदेश दिएकी हुन्।

संशोधित समयसीमा अनुसार मन्त्रालयले अक्टोबर २९ भित्र आवेदन खुल्ने मिति, योग्यता र आवेदनसम्बन्धी विवरण सार्वजनिक गर्नु पर्नेछ।

अदालतको आदेश अनुसार आवेदन प्रक्रिया कम्तीमा ३० दिन खुला रहनेछ। आवेदन दिएका व्यक्तिले डिसेम्बर ३ देखि छनोटसम्बन्धी नतिजा हेर्न पाउने छन्।

डीभी-२०२७ अन्तर्गत छनोट भएका आवेदकको भिसा प्रक्रिया आर्थिक वर्ष २०२७ को भिसा संख्या समाप्त नभएसम्म वा सन् २०२७ सेप्टेम्बर ३० सम्म, जुन पहिले हुन्छ, जारी रहनेछ।

यस कार्यक्रमअन्तर्गत अधिकतम ५५ हजार आप्रवासी भिसा उपलब्ध गराइन्छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार