NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

सिन्धुलीको खुर्कोटमा बस दुर्घटना, ९ जना घाइते

नेपालट्युब

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार खाना खाएर यात्रु चढाउने क्रममा बस पछाडि सार्दा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका नौ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार