साउदीमा हवाई हमलाका फोटो\भिडियो नखिच्न नेपाली दूतावासको आग्रह
नेपालट्युब

साउदी अरेबियामा हवाई हमला र ड्रोनसम्बन्धी फोटो तथा भिडियो नखिच्न र सामाजिक सञ्जालमा पोस्ट नगर्न नेपाली राजदूतावास रियादले नेपाली नागरिकलाई आग्रह गरेको छ।
साउदी सरकारले पनि यस्ता गतिविधि नगर्न पटकपटक सूचना जारी गर्दै उल्लंघन गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
दूतावासले उनीहरूलाई साउदी सरकारका निर्देशन पालना गर्न र आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार साउदी अरेबियामा करिब चार लाख नेपाली कामदार तथा नागरिक बसोबास गर्दै आएका छन्।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







