फ्रान्समा १४३ वर्ष पुरानो टाउन हलमा आगजनी

फ्रान्समा बढ्दो महँगी र सार्वजनिक शिक्षाको कमजोर अवस्थाविरुद्ध भइरहेका प्रदर्शन हिंसात्मक बनेको छ।
शनिबार राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार प्रदर्शनका क्रममा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्।
गृहमन्त्रीका अनुसार देशभर ५ लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
प्रदर्शनकारीले सार्वजनिक भवन, पसल र सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका छन्। लिमोज सहरको १४३ वर्ष पुरानो टाउन हलमा आगजनी हुँदा भवनको ठूलो हिस्सा क्षतिग्रस्त भएको छ।
प्रदर्शनकारीले राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामा माग्दै नाराबाजी गरेका छन्।
राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक प्रदर्शनले फ्रान्सेली सरकारमाथि राजनीतिक दबाब थप बढाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






