NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

इक्वेडरमा प्रार्थनासभाका क्रममा क्रस खस्दा पादरीको मृत्यु

नेपालट्युब

इक्वेडरको ग्वायाकिलस्थित एक चर्चमा प्रार्थनासभा (मास) सञ्चालन गरिरहेका पादरीको ठूलो क्रस खस्दा मृत्यु भएको छ।

पेरपेटुओ सोकोरो चर्चका पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारीको शनिबार, अक्टोबर १७ मा दुर्घटनामा मृत्यु भएको हो।

चर्चमा उपस्थित श्रद्धालु तथा अनलाइनमार्फत कार्यक्रम हेरिरहेका व्यक्तिहरूका सामु उक्त घटना भएको थियो।

सान्चेज मोलिनारी पेरपेटुओ सोकोरो चर्चका पादरी हुनुका साथै क्याथोलिक धार्मिक संस्था ‘कङ्ग्रिगेसन अफ द मोस्ट होली रिडिमर’ अर्थात् रेडेम्प्टोरिस्टका सदस्य थिए।

चर्चले उनको निधनप्रति दुःख व्यक्त गर्दै आधिकारिक वक्तव्य जारी गरेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार