NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

न्युजिल्यान्डमा कोकेन तस्करीमा संलग्न नेपालीलाई ५ वर्ष ७ महिना जेल

नेपालट्युब

न्युजिल्यान्डमाकोकेन तस्करीमा संलग्न भएको आरोपमा दोषी ठहरिएका नेपाली जेल सजाय भएको छ।

न्युजिल्यान्डमा बस्दै आएका २७ वर्षीय अनुराग मास्केलाई न्युजिल्यान्डको पुनरावेदन अदालतले ५ वर्ष ७ महिना जेल सजाय तोकेको छ।

न्युजिल्यान्डको पुनरावेदन अदालतले ६ वर्ष ४ महिनाबाट घटाएर ५ वर्ष ७ महिना कायम गरेको हो। पुनरावेदन अदालतले उनको उमेर, आर्थिक कठिनाइ र शोषणमा परेको परिस्थितिलाई सजाय घटाउनुको आधार मानेको छ।

सन् २०१८ मा विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका मास्केले आईटी विषयमा डिप्लोमा पूरा गरेका थिए।

तर, योग्यताअनुसारको काम नपाएपछि आर्थिक संकटमा परेपछि उनी कोकेन तस्करीमा संलग्न भएको विवरणमा उल्लेख छ।

सन् २०२२ को जनवरीदेखि जुलाईसम्म मेसिनका पार्टपुर्जा, मोटरसाइकलका शक एब्जर्बर र काठका नमुनाभित्र लुकाएर पठाइएको कोकेन न्युजिल्यान्ड भित्र्याउन उनले सहयोग गरेका थिए।

मुख्य योजनाकार देशबाहिर गएपछि उनले लागुऔषध निकाल्ने, शुद्धता परीक्षण गर्ने र बिक्रीका लागि तयार पार्नेसम्मको जिम्मेवारी सम्हालेका थिए।

जेल सजाय पूरा गरेपछि उनलाई नेपाल फिर्ता पठाइनेछ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार