अमेरिकामा नेपाली मूलका व्यवसायीको गोली हानी हत्या

अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपाली मूलका व्यवसायी तारा सेन्चुरीको गोली हानी हत्या भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार अक्टोबर २० मा दिउँसो एभरेस्ट ज्वेल्स नामक सुन पसलमा गोली चल्दा ५२ वर्षीय सेन्चुरीको मृत्यु भएको हो।
लुटपाट गर्ने उद्देश्यले केही युवा पसलमा आएको र उनीहरूसँग विवाद भएपछि गोली चलेको प्रारम्भिक विवरणमा उल्लेख छ। छिमेकी पसलका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा सेन्चुरीको मृत्यु भइसकेको थियो।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। समाचार तयार पार्दासम्म घटनामा संलग्न भएको आशंकामा कसैलाई पक्राउ नगरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सुन पसलसँगै कपडाको व्यवसायसमेत गर्दै आउनुभएको सेन्चुरी सन् २०१२ मा अमेरिका गएको बताइएको छ। उनलाई चिन्नेहरूले उनी मिलनसार र सहयोगी स्वभावका व्यक्ति रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…



