अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने
अब नेपाली नागरिकले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन्।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था गरिएको हो।
काठमाडौं उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थापन गर्न प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।
जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा पाउनेछन्। त्यस्तै, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।
राष्ट्रिय परिचयपत्र र केन्द्रीय नागरिकता सूचना प्रणालीमा रहेका जैविक विवरण हुबहु मिलेमा प्रतिलिपि उपलब्ध गराइनेछ। तर, विवरण फरक परेमा वा शंकास्पद देखिएमा सम्बन्धित नागरिकले नागरिकता जारी भएको साविककै जिल्लामा जानुपर्नेछ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…

