Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाको समुन्द्रमा डुबेर एक नेपालीको मृ’त्यु

अष्ट्रेलियाको समुन्द्रमा डुबेर एक नेपालीको मृ’त्यु


ब्रिजवेन
अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यको समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ । बुधबार दिउसो पौडी खेल्ने क्रममा पोखरा स्थाई घर भएका युवकलाई समुन्द्रको छालले बगाएको थियो ।
छालमा बगेर बेपत्ता भएपछि उनीसंगै पौडी खेलिरहेका साथीहरुले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा युवकको श’व भेटेको प्र’हरीलाई उदृत गर्दै एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले जानकारी दिए । घटना ब्रिजवेनको दक्षिणपुर्वमा रहेको नर्थ स्टाडब्रोक आइल्याण्डको हो । युवक फेडेरेसन युनिभर्सिटीमा पढ्थे । युवकको श’व व्रिजवेनको कुपर प्लेनस्थित श’व गृहमा राखिएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै कुइन्सल्याण्ड एनआरएनएले आफन्त, परिवार र प्रह’रीसंग समन्वय गरिरहेको अध्यक्ष खड्काले जानकारी दिए । ‘अहिले निकै रात परिसक्यो’- अध्यक्ष खड्काले भने- ‘भोली बिहानै हामी आफन्त र परिवारसंग सम्पर्क गरेर आवश्यक सबै सहायता उपलब्ध गराउनेछौ ।’ घटनाको प्र’हरीले अनुसन्धान गरिरहेको छ । 

गर्मीयामसंगै अष्ट्रेलियाको पानीमा नेपालीले ज्यान गुमाउने क्रम बढ्ने गर्छ । खासगरी समुन्द्रको अवस्था बारे जानकारी नहुदा नेपालीहरुले पौडी खेल्दा अनाहकमा ज्यान गुमाउने गरेका छन् । यस गर्मीयाममा अष्ट्रेलियाको समुन्द्रमा नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि गत महिना सिड्नीमा एक नेपाली युवकको समुन्द्रमा डुबेर ज्यान गएको थियो ।

समुन्द्रमा जानु अघि थाहा पाउनुस् यी कुरा 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ