Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा चार नेपाली विद्यार्थी समुन्द्रमा डुबे । बाचेकाले खुलाए कारण (भिडियो सहित)

अष्ट्रेलियामा चार नेपाली विद्यार्थी समुन्द्रमा डुबे । बाचेकाले खुलाए कारण (भिडियो सहित)


ब्रिजवेन/सरल गुरुङ

समुन्द्रमा डुबेर बाचेका युवकको बयान

कुइन्सल्याण्डको नर्थ स्ट्राडब्रोक आइल्याण्डको समुन्द्रमा डुबेका चार जना नेपाली विद्यार्थी मध्ये एक जनाको ज्यान गएको छ । आइल्याण्डको डेडम्यानविच समुन्द्र तटमा पौडी खेलिरहेका चारै जनालाई अचानक आएको छाल (रिप करेन्ट)ले बगाएको थियो ।
रिप करेन्ट अचानक दुइ तिरबाट आउने समुन्द्री छाल हो । जसले छेउतिरबाट भदौरे भेल जसरी बगाएर समुन्द्रतिर लैजान्छ ।
गर्मी छल्न कम्मरसम्म आएको पानीमा रमाइरहेका युवाहरुलाई छालले जोडसंग हुत्याएर बगाएको थियो । बालुवा र पानीको भेलमा बगेका भक्तपुरका सयुन कायस्थले आफ्नो ज्यानको बाजी थापेर दुइ जनालाई उद्दार गरेका थिए । एक युवती र युवकलाई उद्दार गरेपनि उनले आफुसंगै बस्ने भाईलाई भने बचाउन सकेनन् । रिप करेन्ट नचिन्दा यो दुर्घ’टना भएको सयुनले बताए । तत्कालै उनले त्रिपल जेरोमा फोन गरेर प्र’हरी र उद्दारकर्मीलाई बोलाएका थिए । ५ मिनेटमै आइपुगेका उद्दार टोलीले २१ वर्षीय निकित श्रेष्ठको श’व २ सय मिटर पर समुन्द्रबाट निकालेको थियो । प्र’हरीले दुइ घण्टासम्म सिपीआर र एइडी सक दिदा समेत बचाउन नसकिएको सयुनले बताए । 

रिप करेन्टको नमुना Photo- Surf Life Saving

पोखरा स्थाई घर भएका श्रेष्ठ ७ महिना अघि आइटी पढ्न व्रिजवेन आएका थिए । फेडेरेसन विश्वविद्यालयमा पढ्ने उनी चमसाइडमा सयुन कायस्थसंगै बस्थे ।
यो घटनाले उनीसंगै गएका तीनै जनालाई गहिरो मानसिक चो’ट पुगेको छ । बिहिबार मृत-कको शव राखेको अस्पतालमा भेटिएका सयुनले हामीले संग घटना कसरी भयो भन्ने बारे खुलाएका छन् ।
सयुनसंगको विशेष कुराकानी तल लिंकमा गएर हेर्नुहोस्

एनआरएनए कुइन्सल्याण्डले जुटाउदै सहयोग

घटनाको जानकारी पाएलगत्तै कुइन्सल्याण्डका एनआरएनका पदाधिकारीहरु सक्रिय भएका छन् । उनीहरुले मृ’तका आफन्त, प्रह’री, अस्पताल र साथीभाईसंग समन्वय गरिरहेका छन् । मृत’कको श’व राखिएको भनिएको ब्रिजवेनको कुपर्स प्लेनमा पुगेर एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्का, उपसंयोजक अमृत खत्री र कोषाध्यक्ष शम्भु घैंसेले आवश्यक जानकारी लिएका छन् ।

बाचेकाहरुसंग घटना बारे जानकारी लिदै कुइन्सल्याण्ड एनआरएनएका पदाधिकारी
Photo- Saral Gurung

शवको पोष्टम-र्टम र नेपाल पठाउने विषयमा परिवारका सदस्यसंग स्विकृति लिने काम भइरहेको संयोजक खड्काले जानकारी दिए । केही दिनमा सबै प्रकृया पुरा गरेपछि आवश्यक सहयोग रकम जुटाउन सुरु गर्ने कोषाध्यक्ष घैंसेले जानकारी दिए । श’व नेपाल पठाउन कम्तिमा पनि १० हजार डलर खर्च लाग्छ । कुइन्सल्याण्डका व्यवसायीहरुबाट खर्च जोहो गर्ने तयारीमा रहेको एनआरएनएले आवश्यक परे जनस्तरमा पनि सहयोग संकलन गर्ने तयारी गरेको छ ।

सयुनसंगको विशेष कुराकानी तल लिंकमा गएर हेर्नुहोस्

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ