Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपालमा थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १२ पुग्यो

नेपालमा थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १२ पुग्यो


काठमाडौं । पुण्यप्रसाद धमला

लगातार छ दिनसम्म संक्रमण नदेखिएको नेपालमा सातौ दिनको परिक्षणमा नयाँ तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनाको नतिजा पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियोे । सो नमुना परिक्षणमा समेत कोरोना पोजेटिभ भएको पाइएपनि सरकारी तहबाट पुष्टि हुन बाँकी छ।

पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर वसेको अवस्थामा शुक्रबार तीनैजनालाई नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । स्क्रीनिङका क्रममा ४ महिना अघि नेपाल आएको बताइएपनि केही समय अघि आएको आशंका सहित भारतीय धर्मगुरुमाथि अनुसन्धान भैरहेको र उनिहरुको संसर्गमा आएकाहरुको पहिचान गरेर क्वारेन्टाइनमा राख्न सुरु गरिएको बताइएको छ ।

यद्यपी सरकारी तहबाट थप तीन संक्रमित बारे आधिकारिक पुष्टी नगरिएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालट्युब अस्ट्रेलियासँग कुरा गर्दै हटौंडाको परिक्षण पोजेटिभ देखिएको र जनस्वास्थ्य प्रयोगशालाबाट आउने नतिजा पछि पत्रकार सम्मेला मार्फत जानकारी गराइने बताए ।

शनिबारसम्म ४४ सय २६ को कोरोना जाँच गरिएकोमा प्रादेशिक प्रयोगशाला र र्यापिड टेस्टसँगै परिक्षणको दायरा बढ्ने अपेक्षा राखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै शनिबारसमम ३३ सय ९२ को कोरोना परिक्षण गरिएको छ ।


ट्याग : ##Nepal#Corona Update Nepal
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ