Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख पाँच खबर : विदेशबाट नागरिक फिर्ताको तयारीदेखी बजेट बहस अनि कोरोना कहरसम्म

नेपालका प्रमुख पाँच खबर : विदेशबाट नागरिक फिर्ताको तयारीदेखी बजेट बहस अनि कोरोना कहरसम्म


काठमाडौं । नेपालमा आइतबार विभिन्न खबरले प्राथमिकता पाए, दिनभरका गतिबिधि र खबरहरु मध्ये प्राथमिकताका पाँच खबर यस्ता थिए ।

विदेशबाट स्वदेश फर्किनेहरुलाई ल्याउने बारेको तयारी तिब्र

सरकारले कोभिड १९ महामारीका कारण स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न २६ बुँदे कार्ययोजना पारित गरेको छ । योसँगै क्वारेन्टाइन लगायतको पूर्वाधारको व्यवस्थापन समेत १० दिनभित्र सक्नेगरी काम थालनी भएको छ ।

स्वदेश फर्किनेहरुको कन्ट्रयाक ट्रेसिङ सहज होस भनेर होल्डिङ सेन्टरमै निशुल्क सिमकार्ड वितरण गर्ने, खर्च व्यहोर्न सक्नेलाई काठमाडौं उपत्यकाभित्र होटल क्वारेन्टिनमा तथा बस्न वा खर्च व्यहोर्न नसक्नेहरुलाई सरकारले स्थानीय तहको क्वारेन्टिनमा राख्ने गरि तयारी थालिएको छ । खरिपाटी, इचुंगु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक र काठमाडौं मेडिकल कलेज दुवाकोटमा तोकिएको बेड संख्यासहित क्वारेन्टिन बनाउन शहरी विकास मन्त्रालयले जिम्मेवारी पाएको छ ।

क्वारेन्टिनहरुको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय तहलाई दिइएको छ । तत्कालै अलपत्र परेका २५ हजार सहित बिभिन्न देशमा वैदेशिक रोजगारी,अध्ययन तथा भ्रमण र अन्य सिलसिलामा रहेका करीव ६ लाख नागरिक स्वदेश फर्किने सरकारी अनुमान छ । भारत सहित अन्य देशबाट आउनेहरुको संख्या १३ लाख पुग्ने आँकलन छ ।

पहिलो चरणमा संकटमा परेका, खानै नपाउने अवस्था भएका, रोजगारी गुमाएका, घाइते अपांगता भएका श्रमिकहरुलाई स्वदेश ल्याइने छ । अन्य मुलुकमा रहेकाहरुले भने आफ्नो हवाइ उडान खर्चसहित आउनलाई विमान चार्टर गरेर स्वदेश फर्किन पाउनेछन् ।

मापदण्ड पुरा नगरेका क्वारेन्टाइन र आइसोलेसनबाटै संक्रमणको जोखिम

प्रदेश २ का विभिन्न जिल्ला, धनुषा, सप्तरी, बारा, रौतहट, दैलेख, बैतडी, कपिलवस्तु लगायतका क्वारेन्टाइन मापदण्ड अनुसार नरहेको गुनासो बढ्दैगर्दा प्रदेश सांसदहरुले स्थानीय र प्रदेश सरकारले बनाएका क्वारेन्टाइन, आइसोलेसन र अस्पताल मापदण्डअनुसार नभएको स्विकार गरेका छन् ।

प्रदेश एकका सांसदहरुले मापदण्ड पुरा नगरेका क्वारेन्टाइन, आइसोलेसन संक्रमणको केन्द्र बन्न थालेको आरोप लगाएका हुन् । आरडीटी परीक्षण विश्वसनीय नभएको प्रमाणित भइसके पनि प्रदेश सरकारले जिल्ला स्वास्थ्य कार्यालयमार्फत चर्को मूल्यमा खरिद गर्न लगाएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

दैलेखमा आरडीटी पोजेटिभ आएकाहरुलाई गोठमा राखिएको र झापामा क्वारेन्टाइनमा बसेका स्वस्थ ब्यक्तिमा संक्रमण सरेको पाइएपछि क्वारेन्टाइन र आइसोलेसनको पूर्वाधारलाई लिएर सरकारको चौतर्फी बिरोध भैरहेको छ । कतिपय स्थानमा क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दा चौरमा, स्कुलमा बस्नेपर्ने बाध्यता छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १६६ संक्रमित थपिए, मृतकको संख्या ८ पुग्यो

पछिल्लो २४ घण्टामा १६६ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेका छन् ।

मन्त्रालयले जनाएको हो । संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् । आइतबार साँझसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ छ । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

बजेटको बुँदा नम्बर १६६, सरकारी विद्यालयलाई निजीकरण गर्न खोजेको आरोप

सरकारले ल्याएको आगामी आर्थिक बर्ष २०७७\०७८ को बजेट वक्तब्यको १ सय ६६ नम्बर बुदाँ यतिबेला चर्चासँगै बिवादित बनेको छ । सो बुदाँमा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सन्चालन गर्ने सबै निजि विद्यालयले सामाजिक उतरदायित्व बहन गदै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पुर्वाधार सामाग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मा निजि दिइने उल्लेख छ ।

सामुदायिक विद्यालय नीजिकरण गर्ने अभियानका रुपमा यो बुदाँ आएको भन्दै यतिबेला शिक्षाविद् तथा सरोकारवालाहरुले सरकारको आलोचना गरिरहेका छन् । शिक्षाविद् मनप्रसाद वाग्लेले शक्ती र पैसाको आडमा निजि विद्यालय सञ्चालकले सरकारी विद्यालय कौडीको भाउमा किन्ने योजनालाई सरकारले साथ दिएको आरोप लगाउनुभयो । ससंदमा प्रतिनिधित्व गर्ने निजि विद्यालयका सांसदकै मिलोमतो र स्वार्थमा १ सय ६६ नम्बर बुदाँ बजेटमा समाबेश भएको उहाँको आरोप थियो ।

बजेटको यो बिवादास्पद बुदालाई लिएर विद्यार्थी संगठनले बिरोध गरिरहदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आफ्नो प्रस्ताव बाहिरबाट १ सय ६६ नम्बर बुदा घुसाइएको आरोप लगाएका छन् ।

रुकुम पश्चिम काण्ड,  बिरोध जारी रहदा गृहमन्त्रीले भने प्रश्न नउठ्नेगरि अनुसन्धान हुन्छ

रुकुम पश्चिमको चौरजहारीमा दलित युवकको हत्या भएको विरोधमा आइतबार पनि देशका विभिन्न स्थानमा आन्दोलन भएको छ । जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित माइतिघर मण्डलामा प्रदर्शन गर्दै घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका थिए ।

जाजरकोट, बुटवल लगायतका क्षेत्रमा निश्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै प्रदर्शन भैरहदा गृहमन्त्री रामबहादुर थापा बादलले कसैले प्रश्न नउठाउनेगरी अनुसन्धान हुने दाबी गर्नुभएक



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ