मेलवर्नमा मास्क अनवार्य । नलगाए २ सय जरिवाना

मेलवर्न, कोरोनाको संक्रमण बढ्दै गएपछि बाहिर हिडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागु भएको छ । गत बिहिबारदेखि मेलवर्नमा यस्तो नियम लागू भएको हो । मास्क नलगाई बाहिर हिडडुल गरेमा २ सय डलर जरिवाना तिर्नुपर्नेछ ।
मेलवर्नका पसल र सुपरमार्केटहरुले समेत मास्क नलगाएका ग्राहकलाई प्रवेशमा रोक लगाएको छ ।
भिक्टोरियामा एकैदिन ४ सय ८४ जनामा कोरोना देखिएपछि थप सावधानीस्वरुप यस्तो नियम लागू भएको हो ।
नियम लागूहुनु अघि नै मेलवर्नमा मास्क लगाउनेको संख्या बढेको थियो ।

यो नियम लागू भएपनि व्यायम गर्दा भने मास्क लगाउन अनिवार्य गरिएको छैन । तर, अधिकारीहरुले संभव भएसम्म सबै क्रियाकलाप गर्न मुख छोप्न सुझाव दिएका छन् । पछिल्लो २४ घण्टामा मेलवर्नमा ३ सय जनामा कोरोना संक्रमण देखिएको छ ।
तपाईको प्रतिक्रिया