Techie IT
Wednesday October 28, 2020  |   बुधबार, कार्तिक १२, २०७७
गृहपृष्ठ » Breaking News » नेपाल एयरलाइन्सले तोक्यो नियमित उडान भाडा, महंगो टिकट नकाट्न सरकारको आग्रह

नेपाल एयरलाइन्सले तोक्यो नियमित उडान भाडा, महंगो टिकट नकाट्न सरकारको आग्रह


153 Views

काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ । अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडा लिएर नेपालमा उडान भर्न पाउने छैनन ।

निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिन्छ । सोही अनुसार निगमले चार वटा गन्तब्यका लागि क्लासअनसारको भाडा तोकेको छ । पर्यटन मन्त्रालयले अब नियमित उडान भर्ने विदेशी एयरलाइन्सले समेत निगमले तोकेकै भाडादरमा यात्रु बोक्नुपर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन मन्त्रालयले निर्देशन नै दिइसकेको छ ।

नेपाल एयरलाइन्सले तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएको जानकारी गराएको छ । निर्धारित भाडादर भन्दा बढी रकम तिरी कसैले पनि टिकट खरिद नगर्न निगमले सबै यात्रुहरुलाई आग्रह गरेको छ ।

यस्तो छ भाडादर

 

क्याटेगोरी : Breaking News, Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-