Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली युवाले बनाए पुजारी खोज्ने मोवाइल एप । विद्यार्थीका लागि त बरदान

अष्ट्रेलियामा नेपाली युवाले बनाए पुजारी खोज्ने मोवाइल एप । विद्यार्थीका लागि त बरदान


सिड्नी/सरल गुरुङ, अष्ट्रेलियामा एक नेपाली युवाले सेवा प्रदायक र सेवाग्राहीबिच पुलको काम गरिदिन सक्ने मोवाइल एपको विकास गरेका छन् ।
सिड्नीका मोवाइल एप डेपलपर प्रकाश मालाकारले मालाकार नामक मोवाइल एप निमार्ण गरेका हुन् ।
१८ महिना समय र झण्डै डेढ लाख डलर खर्च गरेर तयार पारिएको मोवाइल एपले १८ प्रकारका विभिन्न सेवा प्रदायक व्यक्ति वा कम्पनीलाई ग्राहकसंग जोडिदिने काम गर्दछ । ती १८ सेवामध्ये एक हो पुजारीे सेवा । मालाकार एप दुइ प्रकारको छ । एक सेवा प्रदायकको लागि र अर्को ग्राहकको लागि । सामान्य भाषामा भन्नुपर्दा यो एप उवर इट जस्तै एप हो । जसरी उवर इटमा रेष्टुरेन्टहरुले आफ्नो खानेकुरालाई एपमा दर्ता गराउछन् र ग्राहकले एपमै गएर खाना किन्छन् । मालाकार एपमा पनि विभिन्न प्रकारका १८ सेवाका प्रदायकहरुले आफुलाई दर्ता गर्न सक्नेछन् ।

मालाकार एपका निर्देशक प्रकाश मालाकारका अनुसार हाल एपमा व्युउटिसियन, डिजे, मसाज, पेन्टिङ, फोटोग्राफी, पेष्ट कन्ट्राेल र लकस्मिथ सेवा प्रदायकले आफुलाई दर्ता गर्न सक्नेछन् । त्यस्तै एपमा पुजारी, कम्प्युटर मर्मत, क्लिनिङ, एसी मर्मत, वासिङ मेसिन मर्मत, फ्रिज मर्मत, ड्राइभिङ कक्षा, र रिमोभलिष्ट सेवा प्रदायकले दर्ता गर्न सक्नेछन् । त्यस्तै जागिर खोजिरहेकाहरुले पनि आफुलाई जब सिकरको रुपमा दर्ता गर्न सक्नेछन् ।

दर्ता प्रकृया

निर्देशक प्रकाश मालाकारका अनुसार आफ्नो सेवालाई एपमा दर्ता गर्ने प्रकृया निकै सजिलो छ । सबैभन्दा पहिले एपमा उपलब्ध सेवा प्रदायकले आफ्नो मोवाइलमा मालाकार पार्टनर एप डाउनलोड गर्नुपर्छ । त्यसपछि एपमा साइन अप गरेर आफ्नो सेवा अनुसारको कागजात अपलोड गर्नुपर्दछ । केही घण्टाभित्र कागजात प्रमाणित भएपछि एपमा त्यो सेवाप्रदायक व्यक्ति वा कम्पनी दर्ता हुन्छ ।
त्यसपछि ग्राहकले मालाकार ग्राहक एपमा गएर सम्बन्धित सेवा खोज्दा उत्त सेवा प्रदायक कम्पनीको विवरण र सेवा शुल्क देखिन्छ । र ग्राहकले आफ्नो खुसी अनुसार सेवाप्रदायकसंग सेवा वा सामान खरिद गर्न सक्नेछन् ।

शुल्क

सेवा प्रदायक कम्पनी वा व्यक्तिले सुरुवातमा यो एप निशुल्क प्रयोग गर्न पाउने मालाकारले जानकारी दिनुभयो । प्रमोसन अवधीभर निशुल्क प्रयोग गर्न पाइएपछि, केही समयपछि भने सेवा प्रदायकहरुले बढी १० प्रतिशत सेवा शुल्क तिर्नुपर्नेछ ।

यस्ताे छ एप

मालाकार एपमा हालसम्म १ हजारभन्दा बढी सेवा प्रदायक कम्पनी दर्ता भइसकेका छन् । भने २३ सय भन्दा बढी ग्राहकले यो एप डाउनलोड गरिसकेको मालाकारले जानकारी दिनुभयो । हाललाई नगदमा कारोबार गरेपनि केही समयमा पुर्ण रुपमा अनलाई पेमेन्टमा जाने तयारी छ । जसका लागि एपले स्ट्राइप गेट वे पेमेन्टको प्रयोग गर्ने तय भएको छ । यो पेमेन्ट प्रणाली सुरक्षित र भरपर्दाे भएकाले ग्राहकहरुले चिन्ता लिन नपर्ने मालाकारले बताउनुभयो । यो एपले सेवा लिने र दिनेबिच पुलको काम गर्ने मालाकारले बताउनुभयो । त्यस्तै हाल अष्ट्रेलियाको नेपाली समुदायबाट सुरु गरिएको यो एप विस्तार पुरै अष्ट्रेलियामा प्रयोग ल्याउने तयारी रहेको पनि मालाकारले बताउनुभयो । जसका लागि प्रचारप्रसारमा जुटिरहेको मालाकारको भनाई थियो । एपमा केही सुधार गर्नुपर्ने ठाउहरु भएकाले त्यसमा पनि काम भइरहेको छ । एप निमार्णमा नेपालमा ४ जना डेपलपरहरु निरन्तर काम गरिरहेको मालकारको भनाई छ ।

को हुन् प्रकाश मालाकार

काठमाडौ नैकापका स्थानिय प्रकाश मालाकार सन् २०१४ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आउनुभएको हो । सिड्नीको चाल्स स्टर्ट विश्वविद्यँलयबाट सफ्ट वेयर इन्जिनियरिङमा मास्टर्स गर्नुभएको मालाकारले पढाइ सकेर सिड्नीमै मोवाइल डेपलपरको रुपमा काम गर्नु भएको छ । कामकै दौरानमा आफैले केही गर्ने सोच पलाएपछि मालाकार एप बनाउन थालेको प्रकाशले बताउनुभयो । यो एपले अष्ट्रेलियामा नेपालीको नाम चिनाउन सहयोग गर्नेमा आफु ढुक्क रहेको मालाकारको भनाई छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ