Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमहानायक राजेश हमालले दिए ११३ जना प्राविधिकलाई जनही पाँच हजार

महानायक राजेश हमालले दिए ११३ जना प्राविधिकलाई जनही पाँच हजार


काठमाडौ । नेपाली चलचित्रका महानायक राजेश हमालले ११३ जना प्राविधिकहरुलाई जनही पाँच हजारका दरले आर्थिक सहयोग गरेका छन् । नेपाल प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रमका बिच हमालले ११३ जना प्राविधिकहरुलाई जनही पाँच हजार रुपैयाँले सहयोग गरेका हुन् ।

नेपाल प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुस्कर लामा) ले कोरोना महामारीका कारण समस्यामा परेका प्राविधिकहरुलाई महानायक हमालले ५ लाख ६५ हजार रुपैयाँको आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । संघले पटक पटक समस्यमा परेकाहरुलाई आर्थिक सहयोग गर्ने गरेको छ । नेपाल चलचित्र प्राविधिक संघमा १५ सय जना प्राविधिकको नाम सूचिकृत छ ।

हमालको चलचित्रमा सक्रियता भएको समयमा नेपाल चलचित्र प्राविधिक संघले नै उनलाई महानायकको उपाधि दिएको थियो । प्राविधिकलाई समस्या परेको समयमा केही नगरेको भन्दै केहीले हमालको चर्को आलोचना समेत गर्ने गरेका थिए ।

Pic: ekantipur



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ