Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डमा आज आम निर्वाचन । कसले मार्ला बाजी ?

कुइन्सल्याण्डमा आज आम निर्वाचन । कसले मार्ला बाजी ?


ब्रिजवेन, अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यमा आज आम निर्वाचन हुदैछ । ९३ सिटका लागि दुइ ठुला मुख्य पार्टी लिवरल र लेबर भिड्दैछन् ।
बहुमत ल्याएर सरकार गठन गर्नका लागि एउटा पार्टीले कम्तिमा पनि ४७ सिटमा जित्नुपर्नेछ । आज बिहान ८ बजेदेखि मतदान केन्द्रहरु खुल्ला हुनेछन् ।
अहिले कुइन्सल्याण्डमा लेबरको सरकार छ । लेबरका नेता एनेस्थेसिया पालासेकको नेतृत्वको सरकारले कोरोना नियन्त्रणको कार्यलाई लेबर पार्टीले चुनाव जित्ने आधार बनाएको छ । त्यसो त लेबरले आर्थिक विकासमा उल्लेख्य सुधार गर्न नसकेको भन्दै लिवरल नेशनल पार्टीले आफ्नो चुनावी एजेण्डा जनतासामु पेश गर्दै आएको छ । दुबै दलका नेता पछिल्लो केही साता कुइन्सल्याण्डको रिजनल क्षेत्रमा आ आफ्नो चुनावी एजेण्डा लिएर मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय थिए । यो चुनावाम लिवरल पार्टीको नेता देव फ्रेकलिङटनको उपस्थिती पनि दरिलो देखिएको छ । दुइ ठुला पार्टीबिच कोरोनाका कारण बन्द राज्यको सिमाना र भविष्यको आर्थिक विकासको रोडम्यापका विषय मतभिन्नता छ । त्यस्तै यसपालीको मतदानमा ग्रिन पार्टीले पनि केही सिटमा आफ्नो पकड बनाउने देखिन्छ । कुइन्सल्याण्डमा पछिल्लो ३० वर्षमा एक पटक बाहेक सबै सरकार लेबरको नेतृत्वमा गठन भएको छ ।
कुइन्सल्याण्डमा यसअघि नै खुल्ला गरिएको प्रि भोटिङ र अर्लि भोटिङ मार्फत ७५ प्रतिशत मत खसिसकेको छ । अक्टोबर १९ बाट खुल्ला गरिएको अर्लि भोटिङ अन्तगर्त २ सय मतदान केन्द्रहरुमा झण्डै १२ लाख मत खसिकेको हो । त्यस्तै हुलाकबाट यसअघि नै भोट गर्नेको संख्या पनि उल्लेख्य छ ।
कुइन्सल्याण्डका प्रिमियर एनेस्थेसिया पालासेक तेस्रो कार्यकालका लागि चुनावी मैदान होमिनु भएको हो । पछिल्लो आंकाडाहरुले पालासेक तेस्रो पटक प्रिमियर चुनिने भविष्यवाणी गरेको छ । सन् २०१५ मा प्रतिष्प्रधी क्याम्पवेल न्युम्यानलाई हराउदै एनेस्थेसिया प्रिमियर चुनिनु भएको हो । यसअघि सन् २०१७ मा ९३ मध्ये ४८ सिट जितेर लेबर पार्टीले बहुमतको सरकार गठन गरेको थियो ।

 


ट्याग : #Australia, #election, #labor, #qld
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ