Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentकस्ले पाइरेसी गर्यो दिपक र केकी अभिनित सुपरहिट फिल्म ‘छ माया छपक्कै’ ?

कस्ले पाइरेसी गर्यो दिपक र केकी अभिनित सुपरहिट फिल्म ‘छ माया छपक्कै’ ?


काठमाडौं । गतवर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पाइरेसी भएको पाइएको छ । उक्त फिल्म एक च्यानलबाट शनिवार युट्युबमा अपलोड गरिएको हो ।

छ माया छपक्कै’ फिल्म आधिकारिक रुपमा युट्युबमार्फत रिलिज गरिएको थिएन । यो फिल्मलाई केही समयअघि ‘चलचित्र एप’ मा रिलिज गरिएको थियो । चलचित्र डिस होममा पनि रिलिज भएको छ । युट्युबमा फिल्म पाइरेसी भएपछि निर्माण टिमले कानुनी कारवाही खोज्ने तयारी थालेको छ । निर्माता रोहित अधिकारीले पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो । यो फिल्मको युट्युब राइट्स आमा अग्नी कुमारीसँग रहेको छ ।

दीपेन्द्र लामा निर्देशित यो फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् । राजनीतिक विषय उठान गरेको फिल्मले रिलिजपछि दर्शकको मायाका साथै राम्रो प्रतिक्रिया पाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ