Techie IT
Sat, October 16, 2021  |   शनिबार, अशोज ३०, २०७८
गृहपृष्ठ » Nepal » एक वर्ष थपियो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता

एक वर्ष थपियो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता


247 Views

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष थपिएको छ । कोरोना भाइरसको महामारीका कारण धेरै खेल प्रभावित भएका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय मान्यता थप एक वर्ष लम्ब्याएको हो ।

यसअघि नेपालले चार वर्षका लागि पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । योसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अब सन् २०२३ को मार्चसम्म कायम रहने भएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले हालसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दा ५ जित र ५ हार बेहोरेको छ ।

क्याटेगोरी : Nepal, News, Sports



प्रतिक्रिया दिनुहोस

-Advertisement-