NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

पूर्वी स्वीकृति बिनै चार महिनामा २४ वटा एनजिओबाट ५० करोड २६ लाख खर्च

nepaltube

काठमाडौं। नेपालमा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको गतिविधि पछिल्लो समय फेरि बाक्लिएको छ । सरकारले विदेशी दातृ निकाय तथा राष्ट्रका विभिन्न परियोजनाबाट सञ्चालित यस्ता कार्यक्रमलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्न नसक्दा पूर्वस्विकृति लिएर कार्यक्रम गर्नेभन्दा आफूखुसी लगानी र मनोमानी गर्ने एनजिओहरु बढ्न थालेका छन् ।

विभिन्न गैरसरकारी संस्था (एनजिओ) हरुले समाज कल्याण परिषदसँग पूर्वी स्वीकृति नलिई पछिल्लो चार महिनामा मात्रै ५० करोड २६ लाख ८५ हजार ५४९ रुपैयाँ खर्च गरेको पाइएको छ। २०७७ मंसिर देखि फागुन महिनासम्मको अवधिमा २४ वटा एनजीओले २४ वटा कार्यक्रममा उक्त रकम पूर्वस्वीकृति बेगर खर्च गरेको पाइएपनि ती संस्था उपर कारबाहीको प्रक्रिया अघि बढाइएको छैन ।

यता, परिषद भने पूर्व स्वीकृती नलिई कार्यक्रम सञ्चालन गर्ने कार्यलाई क्रमशः निरुत्साहित गर्दै लगिने दाबी गरेर आफ्नो जिम्मेवारी पुरा गर्ने दायित्वमा भने कमजोर देखिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार