Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaNRNA Australia Election Update : १४ हजार १९७ मत खस्यो, अन्तिम मतपरिणाम आउँदै

NRNA Australia Election Update : १४ हजार १९७ मत खस्यो, अन्तिम मतपरिणाम आउँदै


ब्रिजवेन । एनआरएनए अष्ट्रेलियाको चुनावमा पछिल्लो अपडेट अनुसार १४ हजार १ सय ९७ मत खसेको छ । स्थानीय समय अनुसार ८ बजेसम्मको अपडेट अनुसारको यो नतिजा नै अन्तिम हुनसक्ने बताइएको छ ।

बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । यद्यपी बिहान आएको प्राविधिक समस्याले समयमा मतदान नसकिएपछि कुइन्सल्याण्ड, नर्दन टेरिटोरी र वेष्टर्न अष्ट्रेलियामा मतदानका लागि थप २ घण्टा समय थपिएको थियो । एनआरएनए अष्ट्रेलियामा १५ हजार २ सय ९८ मतदाता सदस्य आवद्ध रहेका छन् । कुइन्सल्याण्डमा समय बढाएर ९ बजेसम्म, नर्दन टेरिटोरीमा साँढे ८ बजेसम्म मतदान गर्न पाइने भएको छ ।

स्टेट अनुसार मतदाता र खसेको मत अपडेट :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ