Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नेपाली कन्सल्टेन्सीहरुले विद्यार्थीका लागि ५ लाख डलरको कोष निमार्ण गर्दै ।

अष्ट्रेलियाका नेपाली कन्सल्टेन्सीहरुले विद्यार्थीका लागि ५ लाख डलरको कोष निमार्ण गर्दै ।


ब्रिजवेन/ अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई सहायता उपलब्ध गराउने उदेश्यले अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलाइन्स एकाले ५ लाख डलरको कोष खडा गर्ने भएको छ ।

एका, अष्ट्रेलियामा कार्यरत नेपाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन हो । एक्काले आफ्ना सदस्य कन्सलटेन्सी र क्राउड फन्डिङमार्फत कोषका लागि पैसा संकलन सुरु गरेको छ । आइतबार अनलाईन पत्रकार सम्मेलनको आयोजना गरेर एकाले आर्थिक सहायता लगायत अन्य सहयोगका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एकाका अध्यक्ष पिआर अधिकारीले कोरोनाका कारण संकटमा रहेका विद्यार्थीका लागि पहिलो चरणमा तत्कालै एक लाख डलर सहायता उपलब्ध गराउने जानकारी गराउनुभयो । एकाले नेपाल र अष्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुलाई यो अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छ । सहयोग कोष निमार्णमा यथासक्य रकम संकलन गर्न र शैक्षिक संस्थाहरुसंग सहकार्य गर्न का लागि एकाले पुर्व अध्यक्ष विवेक थापाको संयोजकत्वमा समिति निमार्ण गरेको छ । एकाले शैक्षिक परामर्शका लागि विद्यार्थीले तिर्दै आएको सेवा शुल्कमा सहुलियत दिन समेत सबै सदस्य कन्सलटेन्सीलाई आग्रह गरेको छ । त्यस्तै एकाले विद्यार्थीलाई सहायता उपलब्ध गराउन अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरुसंग निरन्तर सहकार्य गरिरहेको समेत जनाएको छ । अष्ट्रेलियाका शैक्षिक संस्थाहरुले विदेशी विद्यार्थीका लागि शुल्कमा छुट, आर्थिक सहायता र खाद्यान्य समेत उपलब्ध गराईरहेको छ । अष्ट्रेलियाका ४३ विश्वविद्यालयमध्ये २९ वटाले विदेशी विद्यार्थीका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको छ ।

नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि एकाले नेपाली दूतावास, गैरआवासिय नेपाली संघ र सामाजिक संघसंस्थासंग निरन्तर सहकार्य समेत गरिरहेको जनाएको छ । त्यस्तै विद्यार्थीका लागि राहत संकलन र वितरणमा एकद्धार प्रणाली लागु गर्न समेत एका सहमत भएको जनाएको छ । त्यस्तै एकाले विद्यार्थीका समस्याका बारेमा अष्ट्रेलियन सरकारलाई समेत जानकारी गराइरहेको जनाएको छ । एकाले नेपालबाट सहज तवरबाट पैसा ल्याउने व्यवस्था गर्न समेत नेपाल सरकार र नेपाल राष्ट बैंकको ध्यानाकर्षण गराएको छ । विद्यार्थीले व्यक्तिगत खर्चका लागि ५ सय अमेरिकी डलर लाने पाउने व्यवस्थालाई एक हजार डलर बनाउन पनि एकाले पहल गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ