NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

६ घण्टापछि चल्न थाल्यो फेसबुक

Nepaltube Australia

ब्रिजवेन/ चर्चित सामाजिक संजाल ६ घण्टापछि चल्न थालेको छ । अष्ट्रेलियाको समय अनुसार आज बिहान पौने ३ बजेदेखि फेसबुक लगायत यस्ता अन्य सेवाहरु इन्ष्ट्राग्राम र वाट्स्एप विश्वभरी नै अवरुद्ध भएको थियो । फेसबुकले के कारणले यस्तो समस्या आयो अहिलेसम्म आधिकारिक रुपमा केही पनि भनेको छैन ।

यद्धपी यसलाई विभिन्न कोणबाट विश्लेषण गरिदैछ । केहीले फेसबुक ह्याक भएको भनिरहेका छन् भने केही आन्तरिक रुपमै केही समस्या आएको हुनसक्ने बताइरहेका छन् । फेसबुकमा केही घण्टा समस्या आउदा यसको सेयर मुल्य ५ प्रतिशतसम्मले घटेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार