Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली क्रिकेटर सन्दीपले तेश्रो पटक अष्ट्रेलियाको बिग बास लिग खेल्दै

नेपाली क्रिकेटर सन्दीपले तेश्रो पटक अष्ट्रेलियाको बिग बास लिग खेल्दै


काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण खेल्ने भएका छन् । होबार्ट हुरिकेन्सले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेसँगै तेश्रो पटक बिग बास लिग खेल्ने निश्चित भएको हो ।

यसअघि पनि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले यस अघि बीबीएलको दुई सिजन खेल्दा २० खेलमा २६ विकेट लिएका छन् । अष्ट्रेलियामा सधैँ माया र सम्मान पाएको स्मरण गराउँदै सन्दीपले होबार्टबाट खेल्न पाउनु झनै उच्च कोटीको सम्मान भएको बताए । होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन् । सन्दीपले रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्न सक्ने भन्दै उनले इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने क्षमता रहेको भन्दै प्रशंसा गरेका छन् ।

बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ । यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने नियम रहेकोमा यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् । सन्दीपसँगै टी २० का नम्बर वान ब्याट्सम्यान डेविड मालान र वेष्ट ईन्डिजका अलराउण्डर किमो पउलले पनि होबार्टबाट खेल्नेछन् ।

सन्दीप लामिछाने बिग बासका लागि अनुबन्धित भएको बारे जानकारी गराउँदै नेपालस्थित अष्ट्रेलियन दूतावासले बधाई समेत दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ