Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्व कप्तान पारस खड्का टी–१० लिग टोली अबुधावीमा आवद्ध, भने– ‘नयाँ भूमिकाले उत्साहित छु’

पूर्व कप्तान पारस खड्का टी–१० लिग टोली अबुधावीमा आवद्ध, भने– ‘नयाँ भूमिकाले उत्साहित छु’


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी–१० लिग टोली अबुधावीसँग जोडिएका छन् । शुक्रबार राति टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको हो ।

अघिल्लो वर्ष टीम अबुधावीबाट टी–१० लिग खेलेका खड्का अब टिम अबुधावीको कोचिङ टिममा रहनेछन् । जसले उदीयमान खेलाडी छनोट लगायतका काम गर्नेछ ।

यस्तो छ क्रिकेटर पारस खड्काको प्रतिक्रिया
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टिम आबूधाबीमा पाएको नयाँ भूमिकाले उत्साहित भएको बताएका छन् । ‘टिम आबूधाबीले मैले पाएको नयाँ भूमिकाले म उत्साहित छु । नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा वृद्धि हुने माध्यम बन्नेमा आशा छ । टिम आबूधाबीमा हाम्रा क्रिकेटरहरुलाई थप अवसर मिल्ने छ’, पारसले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै भनेका छन् । टी–टेन लिग आगामी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।

पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टी–टेनमा खेल्ने अवसरसमेत प्रदान गर्ने जिम्वारी पाएका कारण यसमा नेपाली खेलाडीले मौका पाउने आशा समेत गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ