Thursday, 19 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय,चौतर्फी बिरोध ! 

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय,चौतर्फी बिरोध ! 


काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई पत्र काटेर कार्यान्वयन अघि बढाएको हो ।

प्राधिकरणले २४ घन्टामा टिकटक बन्द हुने दाबी गरेको छ, ईन्टरनेट सेवा प्रदायकका साथै टिकटक कम्पनीलाई समेत पत्राचार गरिएको छ । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम भैरहेको,अस्लिलता र विकृति झांगिएपछी सरकार बन्द गर्ने निर्णयमा पुगेको बताउनुभएको छ ।

यी देशमा बन्द छ टिकटक
टिकटक बन्द गर्ने नेपाल एक्लो देश होइन । भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि टिकटकमा विकृति देखिएको भन्दै बन्द गरेका छन् । भारतले सन् २०२० मा नै टिकटक सहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाे कारण देखाउदै टिकटक सहितका चिनियाँ एप बन्द गरेको थियो । सन् २०२२ मा अफगानिस्तानको सत्ता हत्यायसँगै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो ।डेनमार्कले गत मार्चमा आफ्ना कर्मचारीलाई काम गर्ने डिभाइसमा टिकटक चलाउन रोक लगाएको छ । अष्ट्रेलिया, बेल्जियम र क्यानडाले पनि सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन प्रतिबन्ध लगाएपनि एप्समाथी नै प्रतिबन्धको कदम चालेका छैनन ।

टिकटक बन्द गर्ने निर्णयको चौतर्फी आलोचना

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अराजकता र छाडापन रोक्ने नाममा कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताउनुभएको छ । ‘नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित होइन ।’ पोखलेलले फेसबुकमा लेख्नुभएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गर्नुभएको छ । विकृत पक्षलाई नियमनको माध्यमबाट सुधार्नुपर्नेमा वाक एवं अभिव्यक्ती स्वतन्त्रता हनन गर्न नहुने सुझाब थापाले दिनुभएको छ । यता, कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले टिकटक प्रतिबन्धमा आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डमाथि गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने ? भन्दै प्रश्न गर्नुभएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत सरकारी कदम गलत भएको बताउनुभएको छ। पूर्वसञ्चारकर्मी समेत रहनुभएका लामिछानेले कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने त ? भन्दै सरकामाथी प्रश्न तेर्साएका छन । यता,राप्रपाले समेत सरकारले टिकटक प्रतिबन्ध गरेर अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको भन्दै तुरुन्त निर्णय फिर्ता लिन माग गरेको छ ।

कतिपय चर्चित कलाकार टिकटकको प्रतिभाबाट नाम र दाम दुबै पाएकाहरुले समेत सरकारी कदमको बिरोध गरेका छन् । विकृति सुधार्नुपर्ने स्विकार्दै उनिहरुले राम्रो गर्नेमाथि सालाखाला प्रहार गलत हुने बताएका छन् ।


ट्याग : ##tiktokBand#Nepaltiktok
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ