Monday, 18 November 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे जेल चलान, यस्तो छ पक्राउको कारण !

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे जेल चलान, यस्तो छ पक्राउको कारण !


काठमाडौं । काठमाडौंबाट पक्राउ पर्नुभएका गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ करागार चलाउन भएका छन् । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङे उर्फ राजीव गुरुङलाई फैशला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।

पक्राउ लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएका मनाङेलाई आजै चेल चलान गरिदैछ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका मनाङे कारागार चलान भएका छन् ।

गुण्डागर्दी अभियानका कारण बिवाद र बद्नामीको दलदलमा फसेका मनाङे लगातार दुई पटक गण्डकी प्रदेश सभातर्फको सांसदमा निर्वाचित हुनुभएको थियो । मनाङे मन्त्री बन्दा समेत विवादमा फस्दै आउनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ