एमाले अध्यक्ष ओलीसहितका नेताको दाबी, एमालेले नै देशको नेतृत्व गर्छ
काठमाडौं । जेनजी आन्दोलन दमनको आरोप लागेको सरकारको नेतृत्व गरेको एमाले र तत्कालीन प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले बिस्तारै राजनीतिक गतिविधि बढाएका छन् । पार्टीको एघारौं महाधिवेशनमा अध्यक्ष ओली र एमाले नेताहरुले दिएका अभिव्यक्तिले यसैको संकेत गर्छ ।
महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिदै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ ।’ ओलीकै जस्तो दाबी महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि गर्नुभएको छ ।
अझ राष्ट्र, राष्ट्रिय एकता, सार्वभौम सत्ताको रक्षक शक्ति एमाले हो भन्ने अनुमोदन सल्लाघारीबाट भएको एमाले अध्यक्ष ओलीले गर्नुभएको छ । संविधान र लोकतन्त्र जोगाउने एमालेको संकल्पलाई जनताले साथ दिने समेत उहाँले बताउनुभएको छ ।
















तपाईको प्रतिक्रिया