Saturday, 28 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको ट्राफिक व्यवस्थापनमा म्यादी प्रहरी 

काठमाडौंको ट्राफिक व्यवस्थापनमा म्यादी प्रहरी 


काठमाडौं । काठमाडौंका सडकमा नियमित ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक–चोकमा निर्वाचन प्रहरी खटाइएका छन् ।

अहिले काठमाडौं उपत्यकामा बढ्दो जामलाई नियन्त्रण गर्न निर्वाचन प्रहरीहरू सडकमा खटिएका छन् । निर्वाचन अर्थात म्यादी प्रहरी सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय छन्। विभिन्न स्थानमा प्रहरीसँगै परिचालन गरिएका निर्वाचन प्रहरी सोहि समयमा सडक जाम भएको बेला ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।

यता,ट्राफिकहरु निर्वाचन सुरक्षामा खटिदा सडकमा जाम बढेको छ । जाम व्यवस्थापन गर्न म्यादी प्रहरीलाई हम्मेहम्मे परेको छ । Photo- NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ