जेष्ठ सदस्यले लिए सपथ,भोलि २७४ जना सांसदले लिने
काठमाडौं । फागुन २१ मा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
अब प्रतिनिधिसभाको बैठकले नयाँ सभामुख चयन नगरेसम्म केसीले नै उक्त जिम्मेवारी पूरा गर्नुहुनेछ । संसद सचिवालयका अनुसार शपथलगत्तै केसीलाई सभामुखको हैसियतमा एउटा गाडी र नेपाल प्रहरीको तर्फबाट एकजना निजी सुरक्षा अधिकारी (पीएसओ) उपलब्ध गराइएको छ ।
भोलि सांसदहरूको शपथ, पहिलो बैठक अनिश्चित
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखका रूपमा शपथ लिएपछि बिहीबार सभाका अन्य सदस्यले शपथ लिने तय भएको छ। संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई मध्याह्न १:३० को समयमा उपस्थितिका लागि सूचना जारी गरेको छ । मातृभाषासहित अन्य भाषामा शपथ लिन चाहने सांसदका लागि ती-ती भाषाको शपथको व्यहोरा तयार पारिएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक अहिलेसम्म निश्चित भएको छैन । बैठक बस्नका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुनुपर्ने संबैधानिक व्यवस्था रहेको छ । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथपछि राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका निम्ति आह्वान गर्ने तयारी छ । यसपछि रास्ववाको बहुमतको सरकार गठन हुन्छ । Photo-NPL
















तपाईको प्रतिक्रिया