Wednesday, 1 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइनिसा मृत्यु प्रकरण : चार जना पुर्पक्षका लागि थुनामा

इनिसा मृत्यु प्रकरण : चार जना पुर्पक्षका लागि थुनामा


काठमाडौं । इनिसा विक मृत्यु प्रकरणका आरोपित चारै जनालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बाल इजलासका न्यायाधीश दीपक ढकालको एकल इजलासले आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिनुभयो । इनिसाको जबर्जस्ती करणीपछि हत्या भएको भन्दै आरोपित चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर गरिएको थियो । आदेशमा भनिएको छ, ‘घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउनु ।’

प्रहरीले इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित चैत्र ११ गते प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनाविरुद्ध मुद्दा अघि बढाएपछि अदालतले चारै जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

मुद्दाको अन्तिम फैसला भने बाँकी रहेको छ । आरोपित चार जना नै नाबालक हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ