Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअष्ट्रेलियन ओपन टेनिसमा कोरोना प्रभाव : विमान चार्टड गरेर आएका ५८ जना क्वारेन्टिनमा

अष्ट्रेलियन ओपन टेनिसमा कोरोना प्रभाव : विमान चार्टड गरेर आएका ५८ जना क्वारेन्टिनमा


ब्रिजबेन, अष्ट्रेलिया । अर्को महिनादेखि मेलबर्नमा हुन लागेको ग्रान्डस्ल्याम अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको समय तालिका प्रभावित हुने देखिएको छ । खेलमा सहभागी हुन विमान चार्टड गरेर आएका ३ जना खेलाडी र तिनका सहयोगीमा कोभिड–१९ को संक्रमण देखिएका कारण ५८ जना क्वारेन्टिनमा बसेसँगै खेल तालिका प्रभावित हुने आशंका गरिएको हो ।

मेलबर्न उत्रिएको आतबारको तेश्रो चार्टड फ्लाईटमा पनि १ जनामा कोभिड १९ पोजेटिभ देखिएपछि यस्तो अवस्था आएको हो । क्वारेन्टीनमा १४ दिन बस्नुपर्ने कारणले तालिम प्रभावित बन्ने प्रष्ट भएको छ । यसरी क्वारेन्टीनमा बसेका खेलाडीहरुलाई पाँच घण्टा होटल छोड्ने अनुमति दिइएको छ । यो समयमा तालिम गर्न पाइने भएपनि कसरी संक्रमित र उनीहरुको क्लोज कन्ट्याकमा रहेकाहरुलाई कसरी तालिम अघि बढाइन्छ एकिन गरिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ