NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Entertainment

पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्माता थापालाई किन पक्राउ गरेर छाडियो ?

nepaltube

काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापा पक्राउ परेर छुटेका छन् । प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै निर्देशक थापालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छाडेको हो ।

बानेश्वर प्रहरी वृत्तले थापालाई पल शाह र नावालिका गायीका काण्ड बारे सोधपुछका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी गरिरहेको छ । नावालिका बालिकाले बलात्कारकको उजुरी गरेपछि अहिले शाह प्रहरी नियन्त्रणमा रहेपनि पक्राउ बारे कुनै जानकारि नदिएको चर्चा चलिरहँदा प्रहरी भने पल खोजिरहेको बताइरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार