NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Entertainment

बलिउड अभिनेता सलमान खानलाई कस्ले दियो ज्यान मार्ने धम्की ?

nepaltube

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमानका बुवा बिहान जगिङमा जाँदा आराम गर्न बसेको बेन्चमा भेटिएको पत्रमार्फत सलमानको ज्यान मार्ने धम्की दिइएको खुलेको हो ।

चिठीमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला गरिदिने’ उल्लेख भएको बताइएको छ । पन्जाबी गायक तथा नेता सिद्धु मुसेवालाको गत साता पन्जाबको मान्सा गाउँमा दिनदहाडै २५–३० गोली प्रहार गरेर हत्या गरिएको थियो । प्रहरीले एफआइआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान अघि बढाएको छ । कस्ले कुन कारण धम्की दियो भन्नेबारे कुनै तथ्य खुलेको छैन । प्रहरीले सलग्नको अनुसन्धानसँगै खोजीलाई तिब्रता दिएको जनाएको छ ।

बिहान साढे सात देखि ८ को बीचमा सलिमका बडीगार्डले सुरुमा पत्र देखेर सलिमलाई दिएको बताइएको छ । मुसेवालाको हत्यापछि सरकारले सलमानको सुरक्षा बढाएको दाबी गरिएपनि प्रहरीले भने यसको खण्डन गर्दै आएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार