NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Entertainment

गायिका इन्दिरा जोशीको खुम्बुमा सरप्राइज इन्गेजमेन्ट

nepaltube

काठमाडौं । गायिका इन्दिरा जोशीले केही महीना पहिले मात्रै आफू सिंगल नरहेको खुलासा गरिन । आफू कसैसँगको प्रेममा रहेको बताएकी इन्दिराले प्रेमी बारे भने केही खुलाएकी थिइनन् । प्रेममा रहेको खुलाशा गरेको केही महीनामै सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्दिराले सरप्राइज इन्गेजमेन्टको औंठी लगाइदिएका छन् ।

सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन पुगेको मौकामा इन्दिरा र फेसन डिजाइनर शरद केडिया बीच इन्गेजमेन्ट भएको हो । हेलिकोप्टरमार्फत मार्फत सोलुखुम्बु पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै रहेको बताइएको छ । हेलिकोप्टरका पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिएका छन् । यी दुई जनाले केही महीनायता डेट गरिरहेपनि सार्वजनिकरुपमा प्रेमलाई स्वीकार गरेका छैनन ।

गायिका जोशीले चाहिँ इन्गेजमेन्ट नभएर प्रेम प्रस्तावलाई स्वीकारेको दावी गरेकी छिन् । तर उनीहरु केही वर्षदेखि डेटिङमा छन् र केही महीना पहिले इन्दिराले आफू प्रेम सम्बन्ध रहेको भन्दै औंठी सार्वजनिक गरेकी थिइन् । अहिले भिडियो सार्वजनिक हुनुलाई सरप्राइजका रुपमा हेरिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार