NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सिड्नीमा नेपाली युवामाथी छुरा प्रहार

nepaltube

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली युवामाथी छुरा प्रहार भएको छ । सिड्नीको कोग्रामा रहेको एक नेपाली रेस्टुरेन्टको फ्याक्ट्रिमा बाहिर भ्यानमा सामान राखिरहेको समयमा नेपाली सेफमाथी छुरा प्रहर भएको हो ।

सिधै आएर चक्कु हानेका व्यक्तिले आफुले हातमा लगाएको सुनको ब्रास्लेट लुट्न खोजेको तर आफूले अवरोध गरेपछि नसकेको घाईतेले नेपालट्युबलाई जानकारि दिनुभएको छ । अप्रिल १० तारेख साँढे ११ बजेतिर घटना घटेको प्रहरीले जनाएको छ ।  सेन्ट जर्ज अस्पतालमा उपचारपछि घाईते घर फर्किसकेका छन् ।

शरिरमा क्षती पुर्याउने उद्देश्यसहित आक्रमण गरिएको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ । न्यु साउथ वेल्स प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारि दिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार