NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

१.२ अर्ब डलर सम्पत्तिका मालिक बने शेष घले र जमुना

१८ वर्षदेखि अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा

Nepal Tube

काठमाडौं । शेष घले दम्पती लगातार १८ वर्षदेखि अष्ट्रेलियाको शीर्ष धनाढ्यको सूचीमा रहदै आउनुभएको छ ।

द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ का अष्ट्रेलियाका धनी र शीर्ष कमाइ गर्नेहरूको सूचीमा घले र जमुना गुरुङ क्रमशः १५०औं र १५१औं स्थानमा पर्नुभएको हो । घले दम्पतीले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गरी शिक्षा र घरजग्गा व्यवसाय गर्दै आउनुभएको छ ।  पहिलोपटक सन् २००९ मा शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गर्नुभएका नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा अटाउनुभएको छ ।

नेपाली समुदायका लागि निरन्तर साथ सहयोग गर्ने शेष घले गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार