Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaटी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात

टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात


काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । सुपर १२ अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो ।

आबुधाबीमा भएको खेलमा १ सय १९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए भने मार्कस स्टोइनिस २४ रनमा र म्याथ्यु वेड १५ रनमा अविजित रहे । ग्लेन म्याक्सवेलले १८ रन जोडे । दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले २ तथा कागिसो रबाडा, तबरेज शाम्सी, केशव महाराजले १\१ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले सर्वाधिक ४० रन बनाए । कागिसो रबाडा १९ रनमा अविजित रहेका थिए । अष्ट्रेलियाका जोश हेजलवुड, एडम जाम्पा, मिचेल स्टार्कले २÷२ तथा प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १\१ विकेट लिएका थिए ।

टी–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ का खेल सुरु भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ