NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

आजबाट नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप

nepaltube

काठमाडौं । आजबाट नेपाल सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप अभियान सुरु गरिएको हो ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जानकारि दिएको छ । बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले जानकारि दिनुभयो । देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी भैरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार