NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना

Nepal Tube

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना हुनुभएको छ ।

रास्वपा सभापति रविको सचिवालयले गत माघ ५ गते जनकपुरको चुनावी सभाका क्रममा खुट्टामा लागेको चोटबाट थप संक्रमण बढेपछि शिक्षण अस्पतालमा भर्ना भएको जानकारी दिएको हो । चोट बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण देखिएपछि अस्पतालका चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार भर्ना गरिएको बताइएको छ । केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा बसेर उपचार गराउनुपर्ने जानकारी दिएको सचिवालयले स्वास्थ्य सुधारपछि मात्र पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जनाएको छ ।

अन्य बिरामीको उपचारमा असर पर्नेगरि र अस्पताल प्रशासनलाई असहज हुने भन्दै भेटघाटका लागि अस्पताल नआइदिन लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले अनुरोध गर्नुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार