NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

काठमाडौंसहित प्रमुख शहरमा अत्यधिक वायु प्रदूषण

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल

Nepal Tube

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज मन्त्रालयले वायु प्रदुषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सबैलाई अपिल गरेको हो ।
काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारि गराउनुभएको छ ।

श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सुक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउनेतर्फ चिकित्सक, जनस्वास्थ्यविद्हरुले सचेत गराउदै सावधानी अपनाउन अनुरोध गरेका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार