NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

खोटाङमा हेलिकप्टर दुर्घटना, छैन मानवीय क्षति

Nepal Tube

काठमाडौं । काठमाडौंबाट उडान भरेर  खोटाङ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

खोटाङकि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा बारीको एक छेउको डिलमा ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटनामा परेको खबर आएको र उक्त दुर्घटनामा मानवीय क्षति नभएको जानकारी दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयर डाइनेस्टीको ‘९ एन–एएफक्यू’ कलसाइन हेलिकप्टर दुर्घटनामा परेपनि चालक दल सदस्य र सबै जना यात्रु सुरक्षित रहेको जानकारि दिएको छ । हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार हुनुहुन्थ्यो । दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो । अवतरणका क्रममा असन्तुलित भएर हेलिकप्टर पल्टिएको बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार